ट्रेण्डिङ

होमपेज / समाज

सेनाद्धारा बालबालिकालाई शैक्षिक सामाग्री र पोसाक वितरण

  सल्यान खबर डेस्क २०८१ कार्तिक ११ गते आइतबार १९:३३:०० मा प्रकाशित

कार्तिक ११, सल्यान 
नेपाली सेनाले सल्यानका ३० जना गरिब तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री र पोसाक वितरण गरेको छ । श्री १९ नं. बाहिनी तुलसीपुरको समन्वय र श्री सिद्धि बक्स गण सिमखर्क सल्यानले ३० जना गरिब तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री र पोसाक वितरण गरेको हो ।

 सिद्धकुमाख गाउँपालिका १ को कागखोलामा रहेको श्री शान्ति आधारभूत विद्यालयमा अध्ययनरत ३० बालबालिकालाई शैक्षिक सामग्री सहित टोपी, पञ्जा,नेग गार्ड वितरण गरिएको श्री सिद्धि बक्स गण सल्यानका प्रमुख कृष्ण चन्द्र ठकुल्लाले जानकारी दिनुभयो । एक कार्यक्रमको आयोजना गरी विद्यालयमै पुगेर सामाग्री वितरण गरिएको उहाँले बताउनु भयो ।

 उहाँका अनुसार १९ नं वाहिनी तुलसीपुरका बाहिनी पति डाक्टर पदम बहादुर बुढाको उपस्थितिमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो । सेनाको सामाजिक तथा जनहित कार्य अन्तर्गत बालबालिकाहरूलाई सहयोग गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top