ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा फरार प्रतिवादी ३५ वर्ष पछि पक्राउ

  सल्यान खबर डेस्क २०८१ आश्विन २८ गते सोमबार १८:४०:५३ मा प्रकाशित

असोज २८,सल्यान 
कर्तब्य ज्यान मुद्यामा फरार प्रतिवादीलाई ३५ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । सल्यानको दार्मा गाउँपालिका ५ (साविक ढाकाडाम गाविस ५) का ७० वर्षीय गणेश बहादुर चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सल्यान जिल्ला अदालत सल्यानले २०४६ पुस २३ गते फैसलन भई  हालसम्म फरार रहेका चन्दलाई घरबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । फरार अभियुक्त घरमा आएको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा सोमबार बिहान घरबाट पक्राउ गरिएको उहाँको भनाई छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको खत्रीले बताउनु भयो । 

यस्तै ठगी मुद्यामा फरार अर्का एक अभियुक्त समेत पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ का २८ वर्षीय गणेश बुढाथोकीलाई घरबाट पक्राउ गरिएको सूचना अधिकारी खत्रीले बताउनु भयो । सल्यान जिल्ला अदालतले बुढाथोकीलाई २०८० असार २८ गते ठगी मुद्यामा फैसला सुनाएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top