ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते

  सल्यान खबर डेस्क २०८१ आश्विन २४ गते बिहीबार ०८:२२:१८ मा प्रकाशित

असोज २४,सल्यान 
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिम जाँदै गरेको लु २ ख ५००२ नम्बरको फोर्स गाडी बिहीबार विहान सल्यान कुमाख गाउँपालिका ३ बुरेली खोलामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यान कुमाख गाउँपालिका ३ का २२ वर्षीय सन्तोष राना, ५५ वर्षीय बसन्त भारती, ३२ वर्षीया गिता बुढा, ६० वर्षीया बसन्ता भारती, रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

यस्तै कुमाख गाउँपालिका १ की २८ वर्षीया विष्णु चन्द, ३४ वर्षीय घनश्याम केसी, वडा न ३ का २२ वर्षीय पारस भारती, २३ वर्षीया सम्झना भारती,, वडा न ६ का २५ वर्षीय हरी सुनार, वडा न ३ का १५ वर्षीय विनोद नाथ योगी, १८ वर्षीया विनता नाथ योगी घाइते भएको जिल्ला प्रहरी कार्याललय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । 

यस्तै वडा न १की १३ वर्षीया सलिना शाही, २१ वर्षीय दिपक नाथ योगी, २० वर्षीया सुजाता बुढाथाकी र २० वर्षीया विन्दु लामिछाने रहेका छन् । 
घाइते १६ जना मध्ये १४ जनाको चौरजहारी मिसन अस्पताल रुकुम पश्चिम पठाइएको छ भने त्रिलोचन गिरी र गिता बुढालाई नेपालगञ्ज रिफर गरिएको उहाँको भनाई छ । 
ब्रेक फेल भई भित्ताका गाडी ठोकिदा गाडीमा सवार २० जना मध्ये १६ जना घाइते भएको प्रहरीको भनाई छ । गाडी चालक कुमाख गाउँपालिका ३ का  २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top