ट्रेण्डिङ

होमपेज / समाज

रेडक्रस सल्यानद्वारा दार्मा गाउँपालिकाका २०३ भुकम्प प्रभावित शौचालय निर्माण

  सल्यान खबर डेस्क २०८१ आश्विन १७ गते बिहीबार १४:१४:२४ मा प्रकाशित

प्रकाश शर्मा असोज १७,सल्यान 
 
 नेपाल  रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले  दार्मा गाउँपालिका मा भुकम्पवाट भत्किएका २०३ सौचालय निर्माण गरेको छ ।

 गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दु  बनाएर गएको  भुकम्पले दार्मामा ४१८० शौचालयमा क्षति पुर्‍याएको थियो । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान द्वारा सञ्चालित कर्णाली भुकम्प पुनलाभ  कार्यक्रम  अन्तर्गत   दार्मा गाउपालिकामा भुकम्प प्रभावित  ४१८० शौचालय मध्य रेडक्रस सोसाइटी सल्यान ले २०३ शौचालय निर्माण गरेको हो । 

 शौचालय निर्माणमा   जस्तापाता ३ थान, प्यान सिट  १ ,  सिमेन्ट २ बोरा ,पाईप १ मिटर लागत मूल्य प्रति शौचालय  रु छ हजार का दरले  लाभग्राहिको खातामा जम्मा गरिदिएको छ । जस्मा लाग्ने अन्य सामाग्री  भने  प्रभावित लाभग्राही स्वयंमले व्यवस्था गरेर शौचालय निर्मान गरेको कर्णालि भुकम्प पुनर्लाभकार्यक्रमकाजि ल्ला  संयोजक जगत तामाङले जानकारी दिनुभएको छ । भुकम्पबट प्रभावित दार्मा गाउपालिकामा  रेडक्रसले पुनर्लाभ कार्यक्रम मार्फत विभिन्न क्षत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top