ट्रेण्डिङ

होमपेज / समाज

अवरुद्ध राप्ती राजमार्ग एकतर्फी सञ्चालन

  सल्यान खबर २०८१ आश्विन १२ गते शनिबार १६:४१:०४ मा प्रकाशित

असोज १२,सल्यान 
अविरल वर्षाका कारण अवरुद्ध राप्ती राजमार्ग झन्डै १० घण्टा पछि सञ्चालनमा आएको छ । सल्यान र दाङ जिल्लाको सिमानामा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्री नजिकै सडक भासिएपछि अवरुद्ध सडक नयाँ ट्रयाक खोलेर एकतर्फी सञ्चालनमा आएको हो । स्काभेटरको सहायताले भित्ता काटेर सडक निर्माण पछि एक तर्फी सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सडक सञ्चालनमा आएसँगै बिहानैदेखि बिच बाटोमा रोकिएका सयौं सवारी साधनहरु आ आफ्नो गन्तव्य तर्फ लागेको उहाँको भनाई छ । सडक भासिएको स्थान वरपर अझै जोखिम भएकाले अत्यावश्यक काममा मात्र उच्च सतर्कता अपनाएर आवतजावत गर्न उहाँले आग्रह गर्नु भयो । 

यस्तै मदन भण्डारी राजमार्ग अन्र्तगत दाङ– सल्यान– सुर्खेत र सल्यान– बालुवासंग्रही– सुर्खेत सडक पनि सञ्चालनमा आएको छ । मदन भण्डारी राजमार्गको कालिमाटी गाउँपालिका ४ टटेलीमा लेदो सहितको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो भने सल्यान सुर्खेत सडकको बनगाड कुपिण्डे नगरपालिका ८ कोटभिरमा पहिरो जाँदा अवरुद्ध भएको थियो । स्काभेटरको सहयोगले पहिरो हटाएपछि दुई तर्फी यातायात सञ्चालन भएको खत्रीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top