ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्गमा ठूला सवारी साधन सञ्चालन रोक

  सल्यान खबर २०८१ आश्विन ११ गते शुक्रबार २०:२०:०६ मा प्रकाशित

 असोज ११,सल्यान 
वर्षाका कारण सडक भासिएपछि  राप्ती राजमार्गको कपुरकोट राम्री सडकखण्डमा तिन दिनकका लागि ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ । 
पहिरोले  सडक भासिनुका साथै क्षतिग्रस्त भए पछि  सडक डिभिजन कार्यालय दाङले मर्मतका लागि भन्दै शुक्रबारदेखि आइतरबासम्म उक्त सडक खण्डमा तीन दिनका लागि ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको हो

जिल्ला प्रशासन कार्यालय दाङले सुचना प्रकाशन गरेर ठूला सवारी साधन (टिपर, ट्रक) सञ्चालनमा रोक लगाएको हो । कपुरकोटदेखि राम्रीकोबीचमा पहिरो जाने मात्र नभई सडक समेत भासिएकाले रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनामा जनाइएको छ । 

भारवहन गाडीलाई रोक लगाएपनि अन्य गाडीहरु भने सुचारु रहने जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनु भयो ।  ‘ठूला सवारी साधनका कारण भासिएको सडक अझ बढि क्षति हुनसक्छ । चाडपर्व नजिकिँदै गरेको बेला लामो समयसम्म सवारी साधन चल्न नसक्ने हुनसक्छ । त्यही भएर समयमै सजगता अपनाउँदै टिपर, ट्रक जस्ता भारवहन गाडीलाई रोक लगाउनु परेको हो’ उहाँले भन्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top