ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भिरबाट लडेर वृद्धको मृत्यु

  सल्यान खबर डेस्क २०८१ आश्विन ११ गते शुक्रबार १९:४५:१५ मा प्रकाशित

असोज ११,सल्यान 
सल्यानमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ झाप्रेपानीका अन्दाजी ६१ वर्षीय इन्द्र बहादुर चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बिहीबार साँझ छोरीको घरबाट आफ्नो घर फर्किएका उनी घर नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा शुक्रबार दिउँसो घर देखि १ किलोमिटर टाढा इग्रेखोला भन्ने स्थानमा आफन्तले मृत फेला पारेका थिए । 

मृत्तक चलाउने बाटोबाट झन्डै ४० मिटर तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top