ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा यातायात व्यवसायी बिच विवाद, तरवार प्रहार हुँदा दुई घाइते

  सल्यान खबर डेस्क २०८१ आश्विन ५ गते शनिबार १५:१४:२१ मा प्रकाशित

असोज ६,सल्यान 
सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा रहेको बसपार्कमा काउन्टरको विषयमा विवाद भएको छ । सल्यान रुकुम यातायात प्रा.लि र शारदा यातायात प्रा.लि बिच आ आफ्नो काउन्टर अघि गाडी रोख्ने विषयमा शनिबार बिहान विवाद हुँदा एक पक्षले तरवार प्रहार गरेको छ । 

काउन्टर अगाडी गाडी रोक्ने विषयमा विवाद हुँदा शारदा यातायात प्रा.लि का इन्चार्ज सल्यान शारदा नगरपालिका १ का २५ वर्षीय शिव प्रसाद कँवरले लुकाई छिपाई ल्याएको तरवार प्रहार गर्दा सल्यान रुकुम यातायात प्रा.लिका प्रशासकीय इन्चार्ज ४४ वर्षीय शालिकराम डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । डाँगीले प्रतिकार गर्दा कँवर पनि घाइते भएको प्रहरीको भनाई छ ।

 घाइते डाँगीको दाँया हातको पाखुरा र बाँया हातको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । यस्तै कँवरको टाउको र निधारमा चोट लागेको र शारदा मेट्रो अस्पतालमा उपचार पश्चात थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उहाँले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top