होमपेज / समाज
भदौ ३१,सल्यान
सल्यानको त्रिवेणी गाउँपालिका४ फलावाङमा पिकअप जिप दुर्घटना भएको छ । त्रिवेणी गाउँपालिका ४ फलावाङबाट लुहाम आउदै गरेको रा १ च १०४५ नम्बरको पिकअप जिप अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएका हुन । ।
दुर्घटनामा परी त्रिवेणी गाउँपालिका ४ फलावाङका ५५ वर्षीय टोप बहादुर साहु, ५२ वर्षीया लालि रावत, ४० वर्षीया पूर्णकला बस्नेत , २९ वर्षीय रविन्स महतरा र जिप चालक त्रिवेणी गाउँपालिका ३ छत्रपाचका २८ वर्षीय कमल रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।
घाइते जिप चालक रेउले र साहुको त्रिवेणी पोलिक्लिनिक लुहाममा उपचार भइरहको खत्रीको भनाई छ । यस्तै गम्भीर घाइते लालि रावत,, पूर्णकला बस्नेत, महतराको सामान्य उपचार पश्चात दाङ तुलसीपुरमा रिफर गरिएको उहाँको भनाई छ ।
जिप अनियन्त्रित भई सडकबाट झन्डै २५ मिटर तल खसेको छ ।





.jpg)