ट्रेण्डिङ

होमपेज / समाज

अवरुद्ध राप्ती राजमार्ग खुल्यो, दाङ सुर्खेत सडक अवरुद्ध

  सल्यान खबर डेस्क २०८१ भाद्र २८ गते शुक्रबार १६:३३:२९ मा प्रकाशित

भदौ २८,सल्यान  
पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा आएको पहिरोल अवरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको हो । 

सडक माथिबाट आएको पहिरो डोजरको सहायताले हटाए पनि दुई तर्फ सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । 

राजमार्गको दाङ कपुरकोट खण्ड पहिरोको जोखिममा रहेको छ । उक्त सडकखण्डमा कतिखेर पहिरो आउछ भन्न नसकिने खत्रीको भनाई छ । वर्षा भइ रहेको र पहिरोको जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न उहाँले आग्रह गर्नु भयो । 

यस्तै दाङ सुर्खेत सडक खण्ड भने अझै सञ्चालनमा आउन सकेको छ्रैन । उक्त सडकखण्ड अन्तरगत कालिमाटी गाउँपालिका ४ टटालीमा पहिरो जाँदा शुक्रबार बिहान देखि सडक अवरुद्ध भइरहेको छ । सडक खुलाउन प्रयास भइरहेता पनि पहिरो गएको स्थानसम्म डोजर नै पु¥याउन समस्या भइरहेको प्रहरीको भनाई छ । वर्षातल खहरे खोला आउदा डोजर पहिरो गएको स्थानसम्म पुग्न नसकेको उहाँले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top