ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्ग र दाङ– सुर्खेत सडक अवरुद्ध

  सल्यान खबर डेस्क २०८१ भाद्र २८ गते शुक्रबार १०:४४:०६ मा प्रकाशित

भदौ २८,सल्यान 
गएराती देखि परेको वर्षाले राप्ती राजमार्ग र दाङ– सुर्खेत सडक  पूर्ण रुपमा अवरुद्ध भएको छ । 

राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक माथिबाट ठूलो पहिरो गएको र  जेसिबिको सहायताले पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । 

यस्तै दाङ– सुर्खेत सडकखण्ड अन्तरगत सल्यानको कालिमाटी गाउँपालिका ४ टटेलीमा पहिरोले नै सडक अवरुद्ध भएको छ । उक्त सडक तत्काल सञ्चालन हुने सम्भावना नरहेको खत्रीको भनाई छ । निरन्तरको वर्षाले खहरे खोला आउँदा पहिरो गएको स्थानसम्म जेसिबि लिन नै समस्या रहेको उहाँको भनाई छ । खहरे खोला घटेमात्र जेसिबि जान सक्ने खत्रीले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top