ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बोलेरो दुर्घटना हुँदा पाँच घाइते

  सल्यान खबर डेस्क २०८१ भाद्र २७ गते बिहीबार १८:५३:३७ मा प्रकाशित

भदौ २७,सल्यान 
पूर्वाधार विकास कार्याल सल्यानको जिप दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका छन् । बिहिबार साझ श्रीनगरबाट खलंगा जाँदै गरेको क.प्र०२००२ झ ००३५ नम्बरको बोलेरो शारदा नगरपालिका २ मैसेपानीमा दुर्घटना  भएको हो । 

दुर्घटनामा परी बोलेरो चालक दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका १ पाल्तडाकाका ३० वर्षीय भरत प्रसाद शर्मा, चालकको श्रीमती २२ वर्षीया कविता सिजापती, कास्की पोखरा महानगरपालिका १७ का २७ वर्षीय सागर आर्चाय, डोटी दिपायल सिलगढी नगरपालिका १ का २२ वर्षीया मनमोहन सिंह खड्का र पर्सा विरगंज महानगरपालिका १३ की २१ वर्षीया पुनम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । घाइतेहरु सबैको अवस्था मध्यम रहेको उहाँको भनाई छ । 
बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ । फिल्डबाट फर्कने क्रममा बोलेरो दुर्घटना भएको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top