ट्रेण्डिङ

होमपेज / समाज

११ घण्टा पछि खुल्यो अवरुद्ध राप्ती राजमार्ग

  सल्यान खबर डेस्क २०८१ भाद्र २१ गते शुक्रबार १२:३०:१६ मा प्रकाशित

भदौ २१,सल्यान 
राप्ती राजमार्ग अन्तर्गत दाङ– सल्यान सडकखण्ड ११ घण्टापछि सञ्चालनमा आएको छ । गएराती कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै अविरल वर्षासँगै पहिरो झर्दा राजमार्ग अवरुद्ध भएको थियो । चोरखोला लगायत विभिन्न चार स्थानमा पहिरो खसेको थियो । 

गएरातीदेखि अवरुद्ध राजमार्ग शुक्रबार बिहानबाट सञ्चालनमा आएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिनु भयो । सडक डिभिजन कार्यालयले डोजर प्रयोग गरेर पहिरो हटाए पछि सडक सुचारु भएको उहाँको भनाइ छ । बिहानै सडक सूचारु गर्ने प्रयास गरे पछि लेदो सहितको पहिरो र निरन्तर वर्षा भइरहदा सडक सञ्चालनमा केही ढिलाई भएको उहाँले बताउनु भयो । 

सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सयौं सवारी साधन बिच बाटोमा नै अलपत्र परेका थिए । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्धारको रुपमा रहेको राप्ती राजमार्ग अवरुद्ध हुँदा, सल्यान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम लगायतका यात्रु मारमा परेका थिए । सडक सञ्चालनसँगै बाटोमा अलपत्र परेको सवारी साधनहरु आ आफ्नो गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top