होमपेज / समाज
साउन ३२, सल्यान ।
नेपाल कमर्सियल आर्टिष्ट संघ जिल्ला समिति सल्यानको अध्यक्षमा टोपेन्द्र डाँगी निर्वाचित हुनु भएको छ।शुक्रबार शारदा नगरपालिका १ श्रीनगरमा भएको प्रथम भेलाबाट डाँगीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कमिटी निर्वाचित भएको हो ।
उपाध्यक्षमा हरि केसी, सचिवमा हेमराज विक, सहसचिवमा राम बहादुर बस्नेत, कोषाध्यक्षमा समीरनाथ विक रहनु भएको छ । यस्तै सदस्यहरुमा दामोदर नेपाली, एकराज वली, हिमाल डिसी र प्रदिप परियार रहनु भएको छ ।
भेलाले सल्लाहकारमा खोपिराम सुनार, बलबहादुर गिरी, राजकुमार आचार्य चयत गरेको छ ।
भेलामा नेपाल कमर्सियल आर्टिष्ट संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र सुवेदी, केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष सुभाष कुमार शाक्य, सचिव राजेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो ।





.jpg)