ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको दार्मामा भूकम्प पुन लाभ कार्यक्रम तीव्र 

  सल्यान खबर डेस्क २०८१ श्रावण २२ गते मंगलबार १४:५१:५१ मा प्रकाशित

साउन २२,सल्यान 

नेपाल रेडक्रस सोसाइटी सल्यानले दार्मामा भूकम्प पुन लाभ कार्यक्रम सञ्चालनका लागि  गतिविधिमा तीव्रता  दिएको छ । नेपाल रेडक्रस  सोसाइटी जिल्ला शाखा सल्यान द्वारा सञ्चालित  कर्णाली पुनर्लाभ कार्यक्रम का गतिविधिमा तीव्रता दिई राखेको हो ।

 गत कार्तिक १७ गते राति  जाजरकोटको रामिडँडा केन्द्र  विन्दु बनाइ गएको भूकम्पका कारण  सल्यानको  दार्मा गाउँपालिकामा  ठुलो सङ्ख्यामा भौतिक क्षति भएको थियो ।   क्षतिग्रस्त  दार्मागाउँ पालिकामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान द्वारा सञ्चालित  कर्णाली भूकम्प  पुनर्लाभ  कार्यक्रम  अन्तरगत   जीविकोपार्जन कार्यक्रम  , स्वास्थ्य तथा सरसफाइ  ,अस्थायी  आवास , लैङ्गिक  र समावेशिता , विपद् जोखिम न्यूनीकरण , स्थलगत क्षमता विकाश  का कार्यक्रम  सञ्चालन गरिने छ ।

कार्यक्रमबाट दार्मा का ४ हजार घरधुरी प्रत्यक्ष लाभान्वित  हुने  कर्णाली भूकम्प  पुनर्लाभ कार्यक्रम  सञ्चालन भइरहेको  संयोजक जगत तामाङले जानकारी दिनुभयो । 

संयोजक तामाङले  पुनर्लाभका कार्यक्रम  सञ्चालन गर्नाको लागि कार्यक्रम को तर्फबाट तदारुकता साथ लागि परेको बत्ताउँदै दार्माका जनताले कार्यक्रम  सम्पन्न  गर्न आआफ्नो तर्फबाट  सहयोग गर्न अपिल गर्नु र्भको छ । 

  तोकिएकै समयमा कार्यक्रम  सम्पन्न गर्न सुरु देखिनै स्थानिय सरकारले सहज भूमिका खेल्दै आएको बत्ताउँदै  स्थानीय  सरकार सँग  समन्वय प्रभावकारी हुने बत्ताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला सल्यान का सभापति यौवन प्रकाश श्रेष्ठले जीविकोपार्जन अन्तर्गत  दार्माका १७४ घरपरिवार लाई  कृषि र पशुमा लगानी गरी आत्मनिर्भर  बनाउने उद्देश्य ले प्रतिपरिवार ५० हजार रुपैयाँ  ससर्त अनुदान  सहयोग गरिनेवताउदै स्थलगत विकाश अन्तर्गत  शौचालय निर्माण  , खानेपानि आयोजना हरू सम्पन्न गरिने जानकारी दिनुभयो  यस्तै  विपद् जोखिम न्यूनीकरण अन्तर्गत  स्थानिय तथा जिल्ला आपत्कालीन  कार्य सञ्चालन केन्द्र LEOC   सञ्चालन गरी सामाग्रीगत सहयोग गरिने  सभापति   श्रेष्ठले  जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top