होमपेज / समाज
साउन १२,सल्यान
सल्यानमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका ३ सोतागारका अन्दाजी ७० वर्षीय मोहलाल वलीको करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार साँझ खेतबारीमा सिचाईका लागि खोलाबाट मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।
शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको उहाँको भनाई छ ।