ट्रेण्डिङ

होमपेज / समाज

कपुरकोट गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन

  सल्यान खबर डेस्क २०८१ असार २६ गते बुधबार २१:४३:१२ मा प्रकाशित

सन्तोष घर्ती असार,२६ सल्यान

सल्यानको कपुरकोट गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाबाट आर्थिक वर्ष २०८०।०८१ मा भए गरेका सेवा प्रवाह तथा विकास निर्माणका बारेमा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिकाले एक वर्षको अवधिमा प्रवाह गरेको सार्वजनिक सेवा सँगै विकास निर्माण,शिक्षा,स्वास्थ्य, कृषि,तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी गराउँदै गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।

गाउँपालिकाको आयोजना तथा नागरिक सुचना केन्द्र सल्यानको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएका बिभिन्न तह र तप्काका व्यक्तिहरूले पालिकाबाट भएका राम्रो कामको प्रशंसा गर्दै गाउँपालिकाको शैक्षिक सुधारलाई ध्यान दिनु पर्ने,कपुरकोट बहुमुखी क्याम्पस सञ्चालनका लागि सहयोग गर्नु पर्ने,कृषि एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउनु पर्ने,किसानहरूले एकीकृत कृषि हाट बजारबाटै सहज रुपमा तरकारी बिक्री गर्ने सहज वातावरणको सृजना गर्नु पर्ने,उत्पादनमा आधारित दिइने अनुदान के मा दिन लागिएको हो किटान गर्नु पर्ने लगायतका सुझाव दिएका छन् ।

यस्तै गाउँपालिकाबाट आयोजना गरिने तालिम गोष्ठी लगायतका कार्यक्रमलाई न्यून गर्दै भौतिक पूर्वाधार विकास तर्फ ध्यान दिनु पर्ने,पालिकाबाट भएका योजनाको मात्रै नभई केन्द्र तथा प्रदेश सरकारबाट सञ्चालन गरिएका योजनाको प्रभावकारी अनुगमन गर्नु पर्ने,यस अघि सम्पन्न गरिएका योजनाको संरक्षण र सञ्चालनका लागि ध्यान दिनु पर्ने लगायतका सुझाव दिएका थिए भने शिक्षा, स्वास्थ्य , कृषि, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए ।

सहभागीहरूबाट उठेका सवालको जबाफ दिदैं गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिकावासीबाट आएका सल्लाह सुझाव अनुसार नै नीति तथा कार्यक्रम बनाएर काम गर्ने गरेको बताउनु भयो ।उहाँले भन्नु भयो– “गाउँपालिका सबैको अभिभावक हो, हामीले वार्षिक कार्यक्रम तथा बजेटको पुस्तक निकालेका छौँ, सो अनुसार काम भए नभएको अनुगमन गर्नु होला ।”पालिकाले बनाएको योजना अनुरूप काम भए नभएको हामीलाई निरन्तर सुझाउनुहोस् हामी सच्याउन सधैँ तयार छौ ।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले आफूहरू पालिकाको विकास र सम्बृद्धिका लागि अहोरात्र खटेको बताउनु भयो । उहाँले भन्नु भयो– “आफूहरूको पहिलो लक्ष्य भनेको गाउँपालिकामा सुशासन कायम गर्नु हो” हामीले हरेक योजना कार्यान्वयन गर्दा ऐन कानुनलाई आधार बनाई जनताको चाहना अनुसार काम गर्ने गरेका छौ । जसका कारण कपुरकोट गाउँपालिका नयाँ अभ्यास गर्ने र योजना सफल कार्यान्वयन गर्नेमा कपुरकोट गाउँपालिका अग्र स्थानमा छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले कर्मचारीको भूमिकाबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहमा कुनै कमजोरी नगर्ने बताउनु भयो । उहाँले भन्नु भयो–‘कुनै कर्मचारीले काम नगरेमा, बजेट कार्यान्वयन नगरेमा, तपाईँहरूलाई समस्या सिर्जना गरेमा प्रमुख प्रशासकीय अधिकृतलाई भन्नुस्, त्यहाँबाट पनि पार नलागेको अध्यक्षलाई भन्नु आगामी दिनमा संशोधन गर्ने र कमजोरीहरू सच्याउने अवसर मिल्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top