ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्ग अवरुद्ध

  सल्यान खबर डेस्क २०८१ असार २२ गते शनिबार १२:३२:३७ मा प्रकाशित

 असार २२,सल्यान 
अविरल वर्षाका कारण पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
राप्ती राजमार्ग अन्तर्गत दाङ– सल्यान खण्डको कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पानी परिरहेको तथा माथिबाट लेदो  सहितमाटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएकाले राजमार्ग सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनु भयो ।  डोजर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको उहाँको भनाई छ । अन्य विभिन्न स्थानमा अवरुद्ध भने सूचारु भएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top