ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा स्कुल बस र मोटरसाइकल ठोकिदा दुई घाइते

  सल्यान खबर डेस्क २०८१ असार १९ गते बुधबार १९:११:५७ मा प्रकाशित

असार १९,सल्यान  
सल्यानमा स्कुल बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । बुधबार दिउँसो राप्ती राजमार्ग अन्तगर्त सल्यान छत्रेश्वरी गाउँपालिका ६ भोटेचौरमा  रा १ ख६०४ नम्बरको मोर्डन तुल्सी बोडिङ स्कुलको बस र  रा ६ प ७७३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन । 

एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार सल्यान शारदा नगरपालिका १ श्रीनगरका मोटरचालक ३६ वर्षीय संगीत खड्की र शारदा नगरपालिका २ का सञ्जय विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । खड्कीको श्रीनगर स्थित मेट्रो अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नसिङ होम नेपालगञ्ज रिफर गरिएको र विकको श्रीनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top