ट्रेण्डिङ

होमपेज / समाज

दार्माको पर्यटकीय मालिकामा वृक्षारोपण

  सल्यान खबर डेस्क २०८१ असार १५ गते शनिबार २१:३६:५१ मा प्रकाशित

असार १५,सल्यान 

दार्मा गाउँपालिका सल्यानले  दार्माको रमणीय एवम् पर्यटकीय स्थल मालिकामा वृक्षारोपण गरेको छ। दार्मा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

 समृद्ध नेपालका लागि स्वस्थ , कर्मठ र उद्यमी युवा भन्ने मूल नाराका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।

सुगन्ध कोकिला र तेज पत्ताका  लगायतका ३०० बढी बिरुवा रोपेको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर के सी ले जानकारी दिनुभयो ।उहाँका अनुसार यति बेलाको लामो खडेरीका कारण दार्माका अधिकांश जङ्गलमा आगलागी भई बिरुवाहरू नष्ट भएको र नाङ्गा डाँडा भएर जलवायु परिवर्तन भई मानवमा प्रतिकुल असर भएकोले यस्ता जङ्गलमा वृक्षारोपण गरिएको हो ।

उक्त वृक्षारोपण कार्यक्रममा सहभागी दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले आफूहरूले रोपेका बिरुवा हरूले भोलिका दिनमा राम्रो उत्पादन दिने र दार्माको पर्यटकीय स्थल मालिकालाई सबैठाउ प्रचार गर्न सहयोग गर्न  विश्वास व्यक्त गर्नुभयो

  वृक्षारोपण कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष , उपाध्यक्ष ६ वटै वडाका वडा अध्यक्षहरू , कार्यपालिका सदस्य विभिन्न विद्यालयका शिक्षक युवाविद्यार्थी बन समुदायका समिति साथै जनसहभागितामा बिरुवा वृक्षारोपण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top