ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका तीन कृषकलाई मुख्यमन्त्री कृषक पुरस्कार

  सल्यान खबर डेस्क २०८१ असार १५ गते शनिबार १८:३९:१२ मा प्रकाशित

असार १५,सल्यान 
सल्यानका तीन कृषकलाई मुख्यमन्त्री कृषक पुरस्कार प्रदान गरिएको छ । कृषि विकास कार्यालय सल्यानले कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने तीन कृषकलाई पुरस्कृत गरेको हो । 

मुख्यमन्त्री कृषक पुरस्कारबाट प्रथम १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आउनु भएका थमन गिरी हुनु भएको छ । उहाँले नगद ४० हजार रुपैयाँ पुरस्कार पाउनु भएको छ । व्यवसायिक तरकारी खेती गर्दै आउनु भएका कपुरकोट गाउँपालिकाका कृषक गिरी वार्षिक तरकारी खेतीबाट २५ लाख आम्दानी गर्दै आउनु भएको छ । यस्तै व्यवसायिक सुन्तला खेती गर्ने कृषक प्रदीप खड्का द्धितिय हुनु भएको छ । ८ सय बोट फल्ने र बाँकी २सय गरी एक हजार बोट सुन्तला लगाउनु भएका खड्काले सुन्तलाबाट वार्षिक २० लाख आम्दानी गर्दै आउनु भएको छ । उहाँले ३० हजार नगद पुरस्कार पाउनु भएको छ । 

यस्तै ७ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएका प्रेम प्रकाश खड्का तृत्तिय हुनु भएको छ । ६ वटा टनेल र एक रोपनीमा खुल्ला गरी ७ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ । उहाँले २० हजार रुपैयाँ नगद प्राप्त गर्नु भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top