ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कपुरकोटको ग्रिन वेल्ट जोन क्षेत्रमा वृक्षारोपण

  सल्यान खबर २०८१ असार १५ गते शनिबार ०६:३६:०६ मा प्रकाशित

सन्तोष घर्ती, असार,१५ सल्यान

सल्यानको कपुरकोट गाउँपालिकामा भावी सन्तति,सम्बृद्धिका लागि वृक्षारोपण गरौँ भन्ने नारा सहित राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको छ । डिभिजन बन कार्यालय र वनस्पति अनुसन्धान केन्द्र सल्यानको आयोजनामा गाउँपालिकाले ग्रिन वेल्ट जोन घोषणा गरेको क्षेत्रमा बिरुवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको हो ।

वृक्षारोपण दिवसका अवसरमा बिरुवा रोप्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले १५ औँ गाउँ सभाको नीति तथा कार्यक्रममा  ग्रिन वेल्ट जोन कार्यक्रमको अवधारणालाई विशेष प्राथमिकताका साथ समेटेको बताउनु भयो ।

रापती लोक मार्ग अन्तर्गत दक्षिण कालिका मन्दिर सामुन्यमा रहेको ट्राफिक प्रहरी पोस्ट देखि मुलपानी वनस्पति उद्यान बिचको करिब ४ किलोमिटर सडक क्षेत्रलाई ग्रिन वेल्ट जोन क्षेत्र बनाइएको पुनको भनाई छ । उहाँले ग्रिन वेल्ट जोनको अवधारणाले सडकको छेउको हरियालीमय आकर्षक दृश्य अवलोकन गर्नकै लागि भए पनि गाडीको गति कम हुने र जसले गर्दा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र मुलपानीका प्रमुख डा.मित्र पाठकले गाउँपालिकाले ग्रिन वेल्ट जोन क्षेत्र घोषणा गरेको क्षेत्रमा बिरुवा रोप्न चाहनेहरुका लागि आफूहरूले बिभिन्न प्रजातिका बिरुवा निःशुल्क उपलब्ध गराउने बताउनु भयो । वृक्षारोपणले वातावरणलाई सन्तुलित गर्नुको साथै आयआर्जनको प्रमुख श्रोतका रुपमा पनि सदुपयोग गर्न सकिने बताउनु भयो ।

यस्तै सब डिभिजन बन कार्यालय कपुरकोटका बन अधिकृत अञ्जना शर्माले कपुरकोट गाउँपालिकाले थालनी गरेको ग्रिन वेल्ट जोनको अवधारणालाई सहयोग पुराउने उद्देश्यले कपुरकोटमा वृक्षारोपण गरेर राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको बताउनु भयो । रापिएको बिरुवाको संरक्षणका लागि प्लान गार्डको समेत व्यवस्था शर्माको भनाई छ ।

गाउँपालिकाले सुरु गरेको ग्रिन वेल्ट जोनको अवधारणा अनुसार कुनै पनि कार्यालय,सङ्घ संस्था वा व्यक्तिले आफ्नो विशेष दिन तथा दुर्घटनामा परी ज्यान गुमाएका  आफन्तको सम्झनामा परिचय झल्कने बोर्ड सहितको प्लान गार्ड राख्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । भने सचेतनामूलक स्तम्भ,होर्डिङ बोर्ड आकर्षक फलामको सिक्री लगायतका सामाग्री समेत राखिने छ

प्रतिक्रिया

सम्बन्धित खवर

Top