ट्रेण्डिङ

होमपेज / समाज

भरुवा बन्दुक सहित सल्यानमा एक पक्राउ

  सल्यान खबर डेस्क २०८१ असार ७ गते शुक्रबार २१:२९:४७ मा प्रकाशित

असार ७,सल्यान 
भरुवा बन्दुक सहित सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागचौर नगरपालिका ७ सुइयाछेरीका ३५ वर्षीय शेर बहादुर वली रहेका छन् । 

वलीले भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा वलीको घरको भान्सा कोठाबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । भान्सा कोठामा बन्दुक लोड गरी राखेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । 

पक्राउ परेका वलीलाई खरखजाना सम्बन्धी मुद्यामा इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका विकास नेपालीले जानकारी दिनु भयो । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top