ट्रेण्डिङ

होमपेज / समाज

लागूऔषध ओसारपसार र दुरुपयोगविरुद्ध सल्यानमा सप्ताहव्यापी कार्यक्रम सुरु

  सल्यान खबर २०८१ असार ६ गते बिहीबार १६:४८:३७ मा प्रकाशित

असार ६,सल्यान 

सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ । आज (बिहीबार) देखि असार १२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने लक्ष्यका साथ आज प्रभात फेरीको आयोजना गरी दिवस मनाएको हो । 

प्रभात फेरी पश्चात् आयोजित सभामा बोल्दै शारदा नगरपालिका उपमेयर सुस्मिता सापकोटा सुनारले लागू औषधको प्रयोग र ओसार पसार समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकाले यस विरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनु भयो । 

लागू औषधको उत्पादन, ओसारपसार, विक्री वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान सर्वेक्षण गरी कानुनी व्यवस्थालाई थप कार्यान्वयन गर्न प्रतिबद्ध भएको बताउनु भयो । लागू औषधमा पछिल्लो समय साना  बालबालिका फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई निगरानी गर्नु पर्ने बताउनु भयो । 

यस्तै जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले वार्षिक ५ प्रतिशत भन्दा बढीका दरले लागु औषध प्रयोगकर्ता बढी रहेकाले यस तर्फ सबै सचेत र सजक हुनु पर्ने बताउनु भयो । अधिकांश लागू औषध प्रयोगकर्ता अनि कारोबारीहरू युवा रहेकाले यो उमेरका मानिसहरू अत्यन्त जोखिममा रहेको बताउनु भयो । थोरै समयमा धेरै पैसा कमाउने लालसमा अनि नशाको लतले झन् युवाहरूलाई जोखिमको घेरामा राखिएको उहाँको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले सप्ताहव्यापी कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायहरूसँग छलफल भेटघाट तथा अन्तरक्रिया गरिने बताउनु भयो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top