ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अत्याधिक गर्मीले थपिदै विद्यालय विदा

  सल्यान खबर डेस्क २०८१ असार ३ गते सोमबार १५:४६:१६ मा प्रकाशित

असार ३,सल्यान 
अत्याधिक गर्मी बढेपछि सल्यानका स्थानीय तहरुले विद्यालय बन्द गर्न थालेका छन् । दिनप्रतिदिन तापक्रम बढी रहेपछि  बागचौर नगरपालिका शारदा नगरपालिका, कुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका हुन् । 

बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय पालिकाहरुको भनाई छ । 
शारदा नगरपालिकाले थप तीन दिन विदा थपको छ । यसअघि जेठ ३२ गतेदेखि असार २ गतेसम्म विदा दिएको थियो । गर्मी बढि रहेकाले थप तीन दिन अर्थात ४ गतेदेखि ७ गतेसम्म विदा दिने निर्णय भएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनु भयो । 
यस्तै कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि असार ४ देखि ८ गतेसम्म पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् । 

गर्मीले विद्यार्थी बेहोस हुने, टाउको दुख्ने जस्ता समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीको भनाई छ । विद्यार्थी विरामी हुन थालेपछि डाक्टर सहितको टोली केही विद्यालयमा पुगी उपचार गरेको थियो । गर्मीकै कारण विद्यार्थीहरुमा विभिन्न किसिमको समस्या देखिएपछि विद्यालय बन्द गरिएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top