होमपेज / समाज
असार २,सल्यान
सल्यानमा विद्युत सट भई दुई घरमा आगलागी हुँदा ३६ लाख बढीको क्षति भएको छ । शनिबार दिउँसो जिल्लाको दार्मा गाउँपालिका ३ पाथिखोलाका यज्ञ बहादुर नेपाली र विनाद वि.क एकाघरका दाजुभाईको संगोलको घर र रातोतारा कृषि बहुउद्देश्य सहकारी संस्थाको भवन जलेर पूर्ण रुपमा नष्ट हुँदा ३६ लाख ४४ हजार १ सय रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दार्मा सल्यानले जनाएको छ ।
सगोलमा बस्दै आएका दाजुभाईको घरमा विद्युत सट भई आगलागी भएको र उक्त आगोले सँगै जोडिएको रातोतारा कृषि बहुउद्देश्यि सहकारीमा पनि क्षति पुु¥याएको इलाका प्रहरी कार्यालय दार्माका नि. कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक मोहन देव जोशीले जानकारी दिनु भयो । उहाँका अनुसार आगलागीबाट नेपाली दाजुभाईको ४५ हजार नगद, लत्ता कपडा, भाँडावर्तन, खाद्यन्न लगायतका महत्वपूर्ण कागजात जल्दा १६ लाख ४४ हजार १ सय रुपैयाँ र सहकारीमा झन्दै २० लाख बराबरको क्षति भएको छ ।
फाइल फोटो





.jpg)