ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा यात्रुबहाक बसमा तोडफोड गर्ने चार पक्राउ

  सल्यान खबर २०८१ जेठ ३२ गते शुक्रबार २१:४५:०८ मा प्रकाशित

जेठ ३२,सल्यान 
सल्यानमा यात्रुबहाक बसमा तोडफोड गरेको आरोपले प्रहरीले चार जनाई पक्राउ गरेको छ । बिहीबार दिउँसो  बागचौर नगरपालिकाा ७ चौपारीमा तुलसीपुरबाट बाफूखोला जाँदै गरेको रा १ ख २५४१ नम्बरको यात्रुबहाक बसमाथि तोडफोड गरेका थिए । 

बस तोडफोड गर्नेमा बागचौर नगरपालिका ७ कोटबाराका २९ वर्षीय टिकाराम वली, ३२ वर्षीय झक्कु प्रसाद वली, २२ वर्षिय भुम प्रसाद वली र १८ वर्षीय भुपेन्द्र वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अत्याधिक मादक पर्दाथ सेवन गरी बस चालक, सहचालक र सवारी धनीलाई गालि गलौज गर्दै कुटपिट गर्नुका साथै यात्रु बहाक बसमा तोडफोड गरेको प्रहरीको भनाई छ । 

पक्राउ र.परेका ४ जनालायृ सल्यान जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमित लिई अनृन्धानलाई अघि बढाएको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top