ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अवैध भरुवा बन्दुक फेला

  सल्यान खबर डेस्क २०८१ जेठ ३२ गते शुक्रबार २१:४२:०९ मा प्रकाशित

जेठ ३२,सल्यान 
सल्यान प्रहरीले अवैध हतियार (बन्दुक) फेला पारेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ खारापाखा स्थित राधिका सामुदायिक उपभोक्ता समितिको जंगलमा लुकाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो । 

जंगलमा अपरिचित व्यक्तिले बन्दुक छोडी भागी गएको भन्ने सुचनाका आधारमा खोजतलास गर्ने क्रममा सल्लाको कुसुम (सल्लाको सुकेको पात) ले छोपि राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बन्दुक कसले छोडेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top