ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अवैध हतियार रिभल्वर सहित एक पक्राउ

  सल्यान खबर डेस्क २०८१ जेठ २७ गते आइतबार १६:४२:१९ मा प्रकाशित

जेठ २७,सल्यान 
सल्यानमा अवैध हतियार (रिभल्वर) सहित एक जना पक्राउ परेका छन् । शनिबार साँझ जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरका ४५ वर्षीय दीपक बहादुर चलाउने अवैध हतियार रिभल्वर सहित पक्राउ परेका हुन ।

 चलाउनेको घर नजिकै रहेको पोखरा सामुदायिक वनको ढुंगामुनी लुकाई राखेको अवस्था हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । वनमा हतियार लुकाई राखेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा उक्त हतियार फेला परेको उहाँको भनाई छ । रिभल्वरमा खिया लागेका कारण कम्पनीको नाम र मोडेल खुल्न नसकेको धमलाको भनाई छ । 

चलाउनेलाई सल्यान जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धानलाई अघि बढाएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top