ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा हावाहुरीबाट दुई दर्जन भौतिक संरचनामा क्षति पुर्‍याउँदा १७ लाखबढीको क्षति,

  सल्यान खबर डेस्क २०८१ जेठ २० गते आइतबार १७:३५:०० मा प्रकाशित

जेठ २०,सल्यान 
सल्यानमा शनिबार साँझ आएको हावाहुरीले १७ लाख बढीको क्षति पु¥याएको छ । शनिबार साँझ आएको हावाहुरीले दुई दर्जन बढी भौतिक संरचनामा क्षति पु¥याएको छ । 
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १० घर, १ प्रहरी युनिट, ३ विद्यालय, १ स्वास्थ्य चौकी, १ बाख्रा फर्म , १ फर्निचर उद्योग र २ गाई गोठमा क्षति पुगेको छ ।

हावाहुरी घरमा लगाएको जस्तापाता उडाउँदा  अन्दाजी १७ लाख ५७ हजार २०० रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । 
हावाहुरीबाट कालिकाटी गाउँपालिका ५ दमदुवाली स्थित मददुवाली स्वास्थ्य चौकी छाना उडाउँदा आंशिक क्षति भएको छ । छाना उडाउँदा १ लाख बराबरको क्षति भएको उहाँको भनाई छ । 

यस्तै कपुरकोट गाउँपाकिला १ कार्कीगाउँमा रहेको दवन आधारभूत विद्यालयको एक कोठे विद्यालय र कालिमाटी गाउँपालिका २ झिंगाने स्थित सिर्जन शिल माध्यमिक विद्यालयको ४८ वाटको सोलारमा क्षति पुगेको छ । भने दार्मा गाउँपालिकामा रहेको श्री लक्ष्मी आधारभूत विद्यालय ज्यामिरेचौरमा क्षति पुगेको छ । 
 सल्यान शारदा नगरपालिका ३ का पुस्कर शाहीको दुई तले घर, शारदा नगरपालिका १० पैयाँखर्ककी ६८ वर्षीया पार्वती खड्काको  फुसको छानामा खेतबारीमा लगाएको आगोको झिल्कोआउँदा घरमा आगलागी भएको छ । यस्तै शोही ठाउँका ३८ वर्षीय डेर बहादुर विकेको बाख्रा फर्म र फर्निचर उद्योगको जस्ता पाता उडाएको छ । शारदा नगरपालिका १ सितलपाटीकी ४२ वर्षीया सुन्दरी विकको १ तले कच्ची घर, सिद्ध कुमाख गाउँपालिका १ मोखलाका केशर वली, विमल बुढाथोकीको घरको जस्ता पाता उडाएको छ । 

कपुरकोट गाउँपालिका १ कार्कीगाउँका ३३ वर्षीय निर्मल पुनकको दुई कोठे घर, कालिमाटी गाउँपालिका धुल्या बस्ने ७२ वर्षीय मानसिहं बोहराको ५  कोठे घर, घुइयाबारीकी ३८ वर्षीया कृष्णा विकको ४ कोठे घर, सिरेनिका ७१ वर्षीय बल बहादुर चुडाराको ४ कोठे घर, ३५ वर्षीय गोविन्द घर्तीको ४ गोठे घर, हात्तिदमारका ४० वर्षीय फत्ते विकको ४ कोठे घर र ५० वर्षीय रेशम बहादुर गुरुङको ४कोठे घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
जिल्लाका अन्य स्थानमा पनि क्षति पुगेको र क्षतिको डाटा संकलन गर्ने कार्य भइरहेकाले क्षतिको विवरण अझै बढ्ने सूचना अधिकारी धमलाको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top