होमपेज / समाज
जेठ १९,सल्यान
सल्यानमा ब्रोइलर कुखुराको मासु खाँदा तीन जना विरामी भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ५ दयाकोटका तीन जना मासु खाँदा तीन जना विरामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
विरामी हुनेमा कपुरकोट ५ का ६२ वर्षीय राम बहादृर कामी, उहाँको ६० वर्षीया देवि कामी र २८ वर्षीया वली विरामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । विरामी तीनै जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र सबैको अवस्थामा सामान्य रहेको उहाँको भनाई छ ।
गएराती कपुरकोट गाउँपालिका २ खाली बजारबाट ल्याएको मासु पकाई खाएर बचेको आज (शनिबार) बिहान खाँदा विरामी भएको प्रहरीको भनाई छ ।





.jpg)