ट्रेण्डिङ

होमपेज / समाज

आफ्नो जन्मदिनमा पत्रकार बुढाथोकीले गरे विपन्न बालबालिकालाई आर्थिक सहयोग

  सल्यान खबर डेस्क २०८१ जेठ १८ गते शुक्रबार १२:३८:०८ मा प्रकाशित

जेठ १८,सल्यान 
पत्रकार इन्द्रबहादुर बुढाथोकीले आफ्नो जन्म दिनको अवसरमा विपन्न तथा सहाराबिहिन बालबालिकालाई आर्थिक सहयोग गरेका छन । उनको आफ्नो ३२ औं जन्म दिनको अवसर पारेर आमाबाबु गुमाएका सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ४ देउलीका तीन भाइहरुको पढाइमा सहयोग हुने उदेश्यले ५ हजार सहयोग गरेका छन । जन्म दिनको अवसरमा फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा सानो भएपनि सहयोग गरेको उनको भनाई छ । 

आर्थिक सहयोग गरेका बालबालिकाका आमाबुवाको २०८१ वैशाख ३० गते मृत्यु भएको थियो । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ४ देउलीका ३४ वर्षका श्रीमान मनोज बुढाले, ३२ वर्षकी श्रीमती कमला बुढालाई हत्या गरि आफुले आत्महत्या गरेपछि दुई छोराहरु ९ वर्षका रेशम बुढा,५ वर्षका भुपेन्द्र बुढा र २ वर्षकी छोरी सुस्मिता बुढालाई पालन पोषणमा समस्या हुने भएको छ । आमाबाबु नै गुमाएपछी उनीहरु साहारा बिहिन भएका छन ।

 २०४९ साल जेष्ठ १८ गते आइतबार दिन तत्कालीन गाविस चुनावको दिन च्युरामा मतदान गरेर फर्किदै गर्दा गर्चेमा नै जन्म भएका बुढाथोकी उनका ठूलो बुवा बलबहादुर बुढाले समेत गाविस अध्यक्ष समेत विजय भएका थिए ।   बनगाड कुपिण्डे नगरपालिका ४ डोप्के निवासी बुढाथोकी एक दशक देखि पत्रकारीता सङ्गै सामाजिक क्षेत्रमा सकृय रहेका छन । उनको पत्रकारीता सङ्गै सामाजिक क्षेत्रमा काम गरिरहेका बुढाथोकी निडर हक्की स्वभावका छन । 
बनगाड क्याम्पसका प्रथम स्ववियु सभापति समेत भएका उनी हाल प्रेस सेन्टर सल्यान जिल्ला सचीव समेत रहेका छन । 

बुवा धन सिं बुढा र आमा लली बुढाको  तेसो सन्तानको रुपमा जन्मिएका बुढाथोकीले पढाई,  शिक्षा सानो सहयोग हुने उदेश्य सहयोग गरेको बताए  । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top