होमपेज / समाज
बैशाख ९, सल्यान
आमा बुवाको मृत्युपछि बेसहारा बनेका बालबालिकालाई सिद्धकुमाख गाउँपालिका २ मा रहेको श्री देउराली माध्यामिक बिद्यालयले खाद्यान्न र कपडा सहयोग गरेको छ । सिद्ध कुमाख गाउँपालिका ४ सागिनेका ४ जना बेसहारा बालबालिकालाई खाद्यान्न र कपडा सहयोग गरिएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोबिन्द चलाउनेले जानकारी दिनु भयो ।
जेठ १६ गते मनाउन गैरहेको बिद्यालयको ३८ औं वार्षिकोत्सव सु– अबसरमा श्री देउराली माध्यमिक विद्यालयका अभिभावक, शिक्षक कर्मचारी, बिद्यालयमा अध्ययनरत विद्यार्थिहरुको सहयोग र विद्यालय ब्यबस्थापन समितिको जेठ ७ गतेको निर्णय अनुसार बिद्यालयको आन्तरिक स्रोत बाटको आर्थिक सहयोग कपडा र खाद्यान्न वितरण गरिएको उहाँले बताउनु भयो ।
बेसहारा बालबालिकाको सहयोगार्थ निम्ति ७५ किलो चामल, ३ लिटर खाने तेल, ३ पोका नुन र कपडा वितरण गरिएको बताउनु भयो । उहाँका अनुसार करिब ११ हजा ७ सय ९० रुपैया बराबरको खाद्यान्न र कपडा वितरण गरिएको हो । सहयोग कार्यक्रममा बिद्यालयका प्रधानध्यापक मनबिर चलाउने, सहायक प्रधानध्यापक दिनेश कुमार बिएम, शिक्षकहरु धन बहादुर चलाउने, पुष्पा बोहोरा र लेखापाल जनक चलाउने लगायतको उपस्थिती रहेका थियो ।
गएको बैशाख १ गते सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरि आफुले पनि आत्माहत्या गरेपछि नवजात शिशु सहित ४ जना बालबालिका सहारा विहीन बनेका छन ।





.jpg)