ट्रेण्डिङ

होमपेज / समाज

साहारा बिहिन बालबालिकालाई दार्मा गाउँपालिकाको आर्थिक सहयोग

  सल्यान खबर डेस्क २०८१ जेठ २ गते बुधबार १५:०३:३१ मा प्रकाशित

जेठ २,सल्यान 
आमाबुवा गुमाएका सल्यान बनगाड कुपिण्डे नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाका साहारा बिहिन बालबालिकालाई दार्मा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । 
७ बालबालिकालाई तत्कालाका लागि राहतस्वरुप ५०/५० हजार रुपैयाँ र खाद्यन्न दिने निर्णय भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनु भयो । उक्त सहयोग दार्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गरेको उठेको ६० हजार र ४० हजार स्थानीय विपद् कोषबाट व्यवस्थापन गरिने उहाँको भनाई छ । 
गत वैशाख ३० गते बिहान बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका ३४ वर्षीय मनोज बढाले श्रीमती ३२ वर्षीया कमलाको हत्या गरी आफूले पनि आत्महत्या गरेका थिए । आमा बुवाको नै मृत्यु भए पछि २ वर्षीया सुस्मिता बुढा, ५ वर्षीय भूपेन्द्र  बुढा र ९ वर्षीय रेशम बुढाको खुशी लुटिनुका साथै अभिभावक बिहिन बनेका छन् । अहिले उनीहरु .हजुरआमासँग बस्दै आइरहेका छन् । 
यस्तै जेठ १ गते जिल्लाको सिद्ध कुमाख गाउँपालिका ४ सागिनेका ३२ वर्षीय केशव रानाले श्रीमती २७ वर्षीया केवली रानाको हत्या गरी आफूले पनि आत्महत्या गरेका थिए । केवलीको हत्या पछि १४ दिने शिशु सहित ४ बालबालिका टुहुरा भएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top