ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा दम्पती मृत फेला, हत्या पछि आत्महत्या गरेको आशंका

  सल्यान खबर डेस्क २०८१ बैशाख ३० गते आइतबार १०:३४:२३ मा प्रकाशित

वैशाख ३०,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका एक दम्पती मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् । 
उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनु भयो ।

मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उहाँको भनाई छ । 
प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top