ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा २ हजार बढी पशुपंक्षिको निःशुल्क उपचार

  सल्यान खबर डेस्क २०८१ बैशाख २७ गते बिहीबार २१:४०:५२ मा प्रकाशित

वैशाख २७,सल्यान

सल्यानमा २ हजार २ सय ६८ पशुपंक्षिको निःशुल्क उपचार गरिएको छ । पशु अस्पताल पशु सेवा कार्यालय सल्यानले त्रिवेणी गाउँपालिका ४ काँरागीठीमा सञ्चालन गरेको निःशुल्क पशु स्वास्थ्य शिविर बाट २ हजार २ सय ६८ पशुपंक्षिको निःशुल्क उपचार गरिएको हो ।

 पालिका बाट टाढा र पशु सेवा कार्यालयको पहुँचमा नभएका किसानहरूको लागि सञ्चालन गरिएको निःशुल्क पशु स्वास्थ्य शिविरमा १ सय १७ कृषकको २ हजार २ सय ६८ पशुपंक्षिका निःशुल्क उपचार गरिएको पशु अस्पताल पशु सेवा कार्यालय सल्यानका सुचना अधिकारी वीरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा बाख्रा १ हजार ४२ , गाई गोरु १ सय ८१ , भैँसी २७ , बङ्गुर २०,  कुखुरा ९ सय ७१ कुकुर २७ वटाको उपचार गरिएको हो । 

शिविरमा पशुपंक्षिको स्वास्थ्य परीक्षण सँगै निःशुल्क औषधी वितरण तथा किसान लाई परामर्श प्रदान गरिएको बताउनु भयो  । साथै शिविरमा बोकाको बन्ध्याकरण गरिएको थियो । उहाँले ग्रामीण स्तरका किसान र सेवा बाट वञ्चित भएका पशु तथा पंक्षीपालन किसानलाई घरदैलोमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको सुचना अधिकारी केसीले  बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top