ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको बजाज सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति

  सल्यान खबर डेस्क २०८१ बैशाख २१ गते शुक्रबार १५:११:१६ मा प्रकाशित

वैशाख २१,सल्यान 
सल्यान शारदा नगरपालिका १ श्रीनगरमा रहेको बजाज सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । बिजुलीको वाइरिङ सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आगलागी हुँदा मर्मतका लागि ल्याइएको खानेपानी तथा सरसफाई कार्यालय सल्यानको मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै सोरुममा रहेका ५ पिस फाइबर जस्ता पाता, एक हजार लिटरको हिल ट्यांकी, मोबिल र मोटरसाइकलमा प्रयोग हुने औजार गरी ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । प्रहरी, स्थानीयको सक्रियतामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको उहाँको भनाई छ । 

फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित खवर

Top