ट्रेण्डिङ

होमपेज / समाज

वनमा लागेको आगो बस्तीमा पस्दा लेखपोखरामा ८ घरगोठ जली नष्ट 

  सल्यान खबर डेस्क २०८१ बैशाख १९ गते बुधबार २१:२४:२५ मा प्रकाशित

वैशाख १९,सल्यान 
सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा ८ घरगोठ जलेर नष्ट भएका छन् । लेखपोखराको दियारगाउँ स्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पुग्दा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ५ दियार गाउँका ५ घर र ३ गोठ डढेलोले जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दिउँसो महेन्द्र बहुमुखी सामुदायिक बनमा लागेको डढेलो सल्कदै गाउँसम्म पुग्दा स्थानीयहरुको घर तथा गोठहरु पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो  । उहाँका अनुसार छत्रेश्वरी ५ दियारगाउँ बस्ने थल बहादुर घर्तीको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरु जली पूर्ण रुपमा नष्ट भएको छ । यस्तै सोही ठाउँ निवासी धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् । जिल्लाका अन्य वनक्षेत्रमा लागेको आगो पनि अझै नियन्त्रणमा आउन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top