ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका एक युवकको मलेशियामा दुर्घटनामा परी मृत्यु

  सल्यान खबर २०८० असार १४ गते बिहीबार १७:२७:०९ मा प्रकाशित

असार १४,सल्यान

सल्यान वनगाड कुपिण्डे नगरपालिका ११ रैकरका ३१ वर्षका प्रकाश वलीको मलेसियामा मृत्यु भएको छ । डिउटीबाट फर्कँदै गर्दा बुधवार साँझ भएको दुर्घटनामा परी वली गम्भीर घाइते हुनु भएको थियो ।  

दुर्घटनामा घाइते भएका वलीको उपचारको क्रममा बिहीबार बिहान २ बजे तिर मृत्यु भएको थियो । मलेसियाको काजाङ्गमा साइकलबाट लडेर मृत्यु भएको उहाँका अङ्कल हिरालाल वलीले जानकारी  दिनु भयो ।  १ वर्ष अघि मात्र मलेसिया जानु भएका वलीका ३ छोराहरू र श्रीमती छन् । तत्काल मलेसियाबाट नेपाल ल्याउन पहल गरिदिन मृतक वलीको परिवारले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top