ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको बागचौरमा स्कारपियो दुर्घटना हुँदा ३ जना घाइते

  सल्यान खबर डेस्क २०७९ पौष २६ गते मंगलबार २०:०५:२३ मा प्रकाशित

पुस २६,सल्यान । 
सल्यानको बागचौर नगरपालिकामा स्कारपियो दुर्घटना हुँदा तीन  जना घाइते भएका छन् ।
मंगलबार साँझ बागचौर नगरपालिका  २ बसपार्क नजिकै लु ३ च ७८४ नम्बरको स्कारपियो गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय थारमारेका अनुसार बागचौर देखि थारमारे तर्फ जादै गर्दा घुम्तिमा स्कारपियो दुर्घटना भयको हो ।

उक्त दुर्घटनामा परि चालक बागचौर ४ सिमखोलिका अन्दाजी बर्ष २६ का दिपेन्द्र बस्नेत, बागचौर ३,थाराचौरका प्रेम डाँगी र बागचौर ९ कुयापानीका बर्ष २६ काप्रभाकर वली सामान्य घाइते हुनुभएको छ। घाइतेहरुको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top