होमपेज / समाज
राम प्रशाद शर्मा पुस २४ सल्यान
दार्मा गाउँपालिका सल्यानमा पालिका भित्रका न्यायिक समिति र वडा मेलमिलाप कर्ता सदस्यहरुलाई ४ दिने अभिमुखीकरण तथा क्षमता विकास तालीम सम्पन्न गरिएको छ।
पालिका भित्रका ६ वटै वडाका १८ जना वडा मेलमिलाप कर्ता र न्यायिक समिति सदस्य सहित ६ वटै वडाका अध्यक्ष, सचिव र कार्यपालका सदस्य गरी ३० जना सहभागीहरुलाई तालिम प्रदान गरिएको छ ।
पालिका भित्र हुने गरेका विभिन्न मुद्दा मामिला निरूपण गर्न र वडा मेलमिलाप कर्ताहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयजना गरिएको पालिका न्यायिक समिति संयोजक जुना मल्ल चन्द ले बताउनु भयो।
४ दिन सम्म चलेको तालिमको सहजीकरण तालिमका प्रमुख अतिथि जिल्ला न्यायाधीश गिरिराज गौतम त्यसैगरी जिल्ला न्यायाधीवक्त जय प्रसाद धिताल र कानुनी अधिवक्ता इन्द्र भण्डारीले गर्नुभएको थियो।
४ दिने तालिममा सहभागी प्रशिक्षार्थी हरुले आफूहरु समाजमा पहिलेदेखि नै मेलमिलाप गराउँदै आएपनि व्यावहारिक पक्ष बाट गराउँदै आएको र कानुनी पक्षमा कमजोर भएको हुँदा तालिमबाट धेरै कुरा सिकेको प्रतिक्रिया दिएका छन् ।
गाउँपालिका अध्यक्ष निमबहादुर के सी को अध्यक्षतामा सञ्चालन भएको तालिममा प्रशासकीय अधिकृत रेशम ओली साखा प्रमुख हरुको पनि सहभागी रहेको थियो।





.jpg)