ट्रेण्डिङ

होमपेज / समाज

बागचौर नगरपालिकामा वडास्तरबाटै योजना सम्झौता सुरु

  सल्यान खबर डेस्क २०७९ पौष १४ गते बिहीबार १९:५३:०७ मा प्रकाशित

पुस १४,सल्यान

 जिल्लाको बागचौर नगरपालिकाले वडास्तरबाटै योजना सम्झौता सुरु गरेको छ । वडाका नागरिकले सास्ती नपाऊन् भन्ने उद्देश्यका साथ पालिकाले वडाबाटै योजना सम्झौता सुरु गरेको हो । 
योजना सम्झौताको सुरुवात वडा नं १२ बाफुखोलाबाट सुरु गरेको थियो । योजना सम्झौता मात्र नभई पालिकाले स्थानीय बैंकसँग सहकार्य गरेर स्थानीयस्तरबाटै खाता खोल्ने व्यवस्थासमेत मिलाएको छ । वडा स्तरबाटै योजना सम्झौता गर्दा सम्बन्धित वडाका उपभोक्ता समितिमा बसेका पदाधिकारीलाई नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ भने यसबाट वडाबासीलाई धेरै राहत भएको छ ।

विगतमा जनप्रतिनिधिका आफन्तमात्र कोठाभित्र बसेर कसैलाई जानकारी नगराई योजना सम्झौता गरी देखावटी काम गरेर बजेट दुरुपयोग गरेको भन्ने देशभरिका सबै पालिकामा व्यापक आलोचना आएकाले सबैसामु पारदर्शी गर्न र सिंहदरबारको सेवा गाउँमै उपलब्ध गराउन वडास्तरबाटै योजना सम्झौता सुरु गरेको नगर प्रमुख जनकराज गौतमले बताए । योजना सम्झौता गर्दा वडाअध्यक्ष, प्राविधिक सचिवलाई सँगै राखिएको उनले जानकारी गराए ।

उनका अनुसार १२ वटा वडा रहेको पालिकामा सबैमा क्रमिक रुपमा योजना सम्झौता गरिनेछ । वडास्तरमै गएर योजना सम्झौता तथा स्थानीय बैंकको सहकार्यमा खाता खोल्ने कार्य सुरु गरेको नगरपालिकाले योजना सम्पन्नपश्चात सम्भव भएसम्म रकम भुक्तानीको व्यवस्था पनि वडाबाटै मिलाउने योजना बनाइरहेको उनको भनाइ छ ।

आउँदा दिनमा ठूला योजनाबाहेक साना र मझौला खालका योजना सम्झौता गर्न स्थानीय पटक(पटक नगरपालिका धाउनु नपर्ने उनले जानकारी दिए । ‘विगतमा वडामा योजना छनौटका कार्यक्रम मात्र हुने गरेका थिए । साना तथा मझौला योजना सम्झौता गर्न समितिमा बसेकालाई नगरपालिका नगई हुँदैनथ्यो । केही कागजपत्र नपुगे तथा कसैको हस्ताक्षर छुटेमा फेरि वडामै आउनुपर्ने हुन्थ्यो । यसले गर्दा खर्च त हुन्थ्यो नै अनावश्यक मानसिक तनाव पनि हुने गर्थ्यो‚’ उनले भने । यातायात सहज नभएका क्षेत्रमा झनै गाह्रो हुने र आउँदा दिनमा वडाबासीले योजनाका लागि विभिन्न समस्या भोग्न नपरोस् भनेर नै वडास्तरबाटै यो कार्यक्रम अगाडि बढाएको उनले बताए ।
ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

Top