होमपेज / समाज
पुस ५,सल्यान
सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका १ दमाचौरदेखि दाङको तुलसीपुर जाँदै गरेको ना ८ ख २५३ नम्बरको बस राप्ती राजमार्गको सिद्धकुमाख गाउँपालिकाको १ पटारेमा मंगलबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा छत्रेश्वरी गाउँपालिका १ दमाचौरका भद्रवीर खत्री, काल्चेकी ७३ वर्षीया चम्पादेवी शर्मा, ३५ का नारायण प्रसाद हमाल, दहखोलाका ३७ वर्षीय चिरन्जिवी खडका, कल्लेरीका २४ वर्षीय भुपेन्द्र चन्द, त्रिवेणी गाउँपालिका ६ लुहामकी ४० वर्षीया टीका नेपाली, ५१ वर्षीया मायादेवी नेपाली, सिद्धकुमाख गाउँपालिका ३ ढोरचौरकी २३ वर्षीया तुलसा देवकोटा, बाझकाँडाका ३९ वर्षीय राजेन्द्र कुमार चलाउने, शारदा नगरपालिका ६ मदमकाँडाका ३१ वर्षीय खुमलाल केसी, शारदा नगरपालिका १५ स्यालपानीका १९ वर्षीय प्रवेश बोहरा रहेका छन् ।
घाइते भएका सबैलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेर श्रीनगर ल्याएको र उनीहरुको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । केही यात्रुहरु भने उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले बताए । घाइते सबैको अवस्था सामान्य रहेको उहाँको भनाई छ ।
बसमा ३९ जना सवार रहेको दुर्घटनाको कारण खुल्न नसके प्रहरीको भनाई छ । गाडी चाालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।





.jpg)