ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको रेडियो राप्ती एफ.एम. १६ औँ वर्षमा प्रवेश 

  सल्यान खबर डेस्क २०७९ मंसिर २६ गते सोमबार १३:१९:४९ मा प्रकाशित

सल्यान २६ मंसिर ।

सल्यान जिल्लाकै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज आज देखी १६ औँ वर्षमा प्रवेश गरेको छ । २०६४ साल मंसिर २६ गते देखी नियमित प्रशारण सुरु गरेको रेडियो १५ औँ वर्ष पुरा गरेर आज देखी १६ औँ वर्षमा प्रवेश गरेको हो । १५ औँ वार्षिकोत्सवका अवसरमा रेडियोले आज दिउसो शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तयारी गरेको छ ।

शारदा मिडिया सङ्गमद्वारा सञ्चालित रेडियो राप्ती एफ।एम।ले आज दिउँसो रेडियो परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । सल्यान जिल्ला कै पहिलो रेडियोका रुपमा २०६४ साल मंसिर २६ गते देखी नियमित प्रशारण सुरु गरेको रेडियोले सत्य तथ्य समाचार, सुचना, विज्ञापन, गीतसङ्गीत प्रशारण गर्दै आएको छ । एक सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुँदै आएको छ । 

रेडियोको प्रशारण सल्यान सहित दाङ, रोल्पा, रुकुम, प्युठान, जाजरकोट, सुर्खेत लगायतका छिमेकी जिल्लाहरूमा सुन्न सकिन्छ । रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफ।एम।ले आवाज विहीनको आवाजको रुपमा काम गरिरहेको रेडियोका अध्यक्ष रमेश गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top