होमपेज / समाज
कात्तिक १,सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकाले किसानहरूलाई हिउँदे घाँस वितरण गरेको छ । किसानहरूको माग अनुरूप गाउँपालिकाको पशु सेवा शाखाले हिउँदे घाँस जै घाँस र वर्षिम जातको घाँस मङ्गलवार वितरण गरेको हो ।
व्यावसायिक पशुपालन गर्दै आइरहेका किसानहरूलाई हिउँदे घाँस वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो । उहाँका अनुसार पालिका भित्रका १ सय ७ किसानलाई १२ क्विन्टल जै घाँस र १ दशमलव ५ क्विन्टल वर्षिम जातको घाँस वितरण गरिएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेको जै घाँसको बीउ उत्पादन कार्यक्रमबाट उत्पादन भएको घाँसको बीउ वितरण गरिएको रावतको भनाई छ ।
मङ्गलवार एक कार्यक्रमको आयोजना गरी किसानलाई बीउ वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष खिम बहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले किसानलाई घाँसको बीउ हस्तान्तरण गर्नु भएको थियो ।





.jpg)