ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अरिंगालको टोकाईबाट आमाछोरीको मृत्यु

  सल्यान खबर डेस्क २०७९ कार्तिक १ गते मंगलबार ०७:३०:५५ मा प्रकाशित

कात्तिक १,सल्यान 
सल्यानमा अरिंगालको टोकाईबाट आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सोमबार साँझ खेतमा धान काटी घर फर्कने क्रममा अकस्मात आएको अरिंगालले तीन जनालाई टोकेको थियो । अरिंगालले टोकी घाइते आमा छोरीको सल्यान श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा ४ वर्षीया प्राप्तीको बाटोमै मृत्यु भएको हो  ।  

आमाकको भने आज बिहान कोहलपुर मेडिकल कलेजमा पु¥याई चेक गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 

 घाइते मृत्तक शोभाका अंकल नाता पर्ने २१ वर्षीय नविन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ । मृत्तक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीको भनाई छ । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top