होमपेज / समाज
असोज २५,सल्यान
सल्यानमा बाढीले बगाएर बेपत्ता भएका एक जना पाँच दिन पछि मृत फेला परेका छन् । कालिमाटी गाउँपालिकाको जुमखोलाले बगाउँदा कालिमाटी गाउँपालिका ६ का ६५ वर्षीय नर बहादुर दर्लामी बेपत्ता भएका थिए ।
उनको खोजी गर्ने क्रममा सोमबार साँझ बर्दिया बासगढी नगरपालिका १ बबई नदीको बाटुल्यमा शव फेला परेको कालिमाटी गाउँपालिका ६ का वडाध्यक्ष टेक बहादुर पुलामीले जानकारी दिनु भयो ।
१९ गते दशैंको टिकाको दिन आमाको घरबाट टिका लगाएर आफ्नो घर फर्किने क्रममा जुमखोलामा आएको बाढीको दर्लामीलाई बगाएको थियो । उनको शव पोस्ट मार्टमका लागि सुर्खेत मेहलकुना अस्पतालमा लगिएको वडाध्यक्ष पुलामीले जानकारी दिनु भयो ।





.jpg)