ट्रेण्डिङ

होमपेज / समाज

ट्याङकी सफा गर्ने क्रममा ढुंगाले लागेर सल्यानमा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७९ आश्विन २२ गते शनिबार १६:२५:२४ मा प्रकाशित

असोज २२,सल्यान 
 खानेपानीको ट्याङकी सफा गर्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर सल्यानमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 जिल्लाको त्रिवेणी गाउँपालिका २ गैरागिठीका अन्दाजी ४४ वर्षीय चन्द्र बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शनिबार दिउँसो पुन लगायत ६ जनाको टोली घरदेखि झन्डै २ किलोमिटर टाढा छहरेखोलामा रहेको खानेपानीको मुहान सफा गर्न गएको थियो ।

 ट्याङकी सफा गर्ने क्रममा माथिबाट आएको ढुंगा लागेर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । अन्य पाँच जना भने सकुसल रहेका छन् । घटना स्थलमा प्रहरी पुगेको र थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top