होमपेज / समाज
असोज २२ सल्यान
सल्यानमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के ओर गाउँका १२ वर्षिय अजय बिकको पहिरोमा परी ज्यान गएको हो ।
हिजो बेलुका पहिरोमा परी हराइरहेका बिकको खोजतलास गर्ने क्रममा आज बिहान नेपाली सेनाले विक को शब फेला पारेको हो । घरबाट नाउला बजार जादै गर्दा बाटोमा आएको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
सबलाई पोस्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको छ ।





.jpg)