ट्रेण्डिङ

होमपेज / समाज

लकडाउनको नो टेन्सन : नर्सरीमा व्यस्त छन् सल्यानका किसान

  दिपक शर्मा २०७७ भाद्र २२ गते सोमबार १८:१५:१३ मा प्रकाशित

दीपक शर्मा भदौ २२, सल्यान 
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट देशलाई बचाउन सरकारले लकडाउन गरेपनि सल्यानका किसान अहिले फलफुलका नर्सरी राख्न व्यस्त छन् ।
 विशेषगरी कागती, सुन्तला, टिमुरका नर्सरी  राख्न यतिबेला सल्यानका किसानहरु व्यस्त हुन थालेका हुन । 
नर्सरी व्यवसायमा थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिने बागचौर नगरपालिका ९ का किसान प्रकाश डाँगीले बताए । सामाजिक दुरी कायम गरी २० किलो फलफुल नर्सरी राखिएको उनको भनाई छ । उनले भने किसानहरुको माग कागतीको बढी आउने भएकाले मैले यो वर्ष २० किलो कागतीका मात्रै नर्सरी राखेको छु ।
 गत वर्ष नर्सरीबाट मात्रै १५ लाख आम्दानी गरेका डाँगीले यो वर्ष भने विउँ बढाएको बताए । राम्रो विउँ परेको खण्डमा सतप्रतिशत बिरुवा उम्रिने बताउदै डाँगीले थोरै लगानीबाट पनि राम्रो आम्दानी लिन सकिने बताए । यस्तै बागचौर नगरपालिका १० पिपलनेटाका जनक वि.कले पनि २० किलो कागतीको विउ राखेका छन् । विशेषगरी जिल्ला बाहिर विरुवाहरुको माग अत्याधिक भएकाले आफुले कागतीको विउ राखेको वि.कको भनाई छ । 

जिल्लामा पछिल्लो समय नर्सरी व्यवसाय तर्फ किसानहरुको आकर्षण बढी रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।  जिल्लामा २२ वटा व्यवसायिक नर्सरी दर्ता भएको भएता पनि ५० भन्दा बढीले नर्सरी व्यवसाय सञ्चालन गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर बस्नेतले बताए । उनले भने विशेष गरी बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा व्यवसायिक नर्सरी हुँदै आइरहेको छ । 

गत आर्थिक वर्ष २०७६/०७७ मा पाँच करोडको नर्सरीबाट विभिन्न फलफुलका विरुवा उत्पादन भएको कार्यालयले जनाएको छ । उत्पादन भएका विरुवा मध्ये २० लाख जिल्ला बाहिर निकासी भएको छ भने ८ लाख जिल्लामा खपत भएको बस्नेतले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top